पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १४ वर्षको जेल सजाय
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो ।
बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् । सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।
मंगलबार इमरान खानलाई राष्ट्रिय गुप्तचर सूचना चुहावट गरेको आरोपमा सजाय सुनाइएको थियो । यसैबिच आज उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।
इमरान खानले आफूविरुद्धका अधिकांश मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन् । इमरान खानलाई यो सजाय पाकिस्तानमा आम चुनाव हुनु केही साताअघि भएको हो । इमरान खानलाई यसअघि नै चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।
इमरान खान गत वर्ष अगस्टमा पक्राउ परेदेखि जेलमा छन् । सुनुवाइका क्रममा उनकी श्रीमती बुशरा बिबीलाई हिरासतमा राखिएको थियो । दुवैले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार व्यक्तिगत फाइदाका लागि बेचेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण