मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १४ वर्षको जेल सजाय

बुधबार, १७ माघ २०८०, १२ : २६
बुधबार, १७ माघ २०८०

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो ।

बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् । सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

मंगलबार इमरान खानलाई राष्ट्रिय गुप्तचर सूचना चुहावट गरेको आरोपमा सजाय सुनाइएको थियो । यसैबिच आज उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

इमरान खानले आफूविरुद्धका अधिकांश मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन् । इमरान खानलाई यो सजाय पाकिस्तानमा आम चुनाव हुनु केही साताअघि भएको हो । इमरान खानलाई यसअघि नै चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।

इमरान खान गत वर्ष अगस्टमा पक्राउ परेदेखि जेलमा छन् । सुनुवाइका क्रममा उनकी श्रीमती बुशरा बिबीलाई हिरासतमा राखिएको थियो । दुवैले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार व्यक्तिगत फाइदाका लागि बेचेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप