राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ
काठमाडौँ । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चार जना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको ।
चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ । यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका छन् । कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पु¥याएको भन्दै उनीहरु विरोधमा उत्रेका छन् ।
सानो विषयलाई आपराधिक शैलीमा व्यवासायीलाई पक्रेर पथलैया पुर्याइएपछि व्यवसायीहरु आक्रोशित भएका छन् । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण