फेसबुकका सीईओ जुकरबर्गले किन मागे माफी ?
वाशिङ्टन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् ।
बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए ।
सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो भने सिनेटरहरूले उनलाई र्याखर्याख्ती पारेका थिए । दर्शक दीर्घामा बसेका केहीले हातमा इन्ष्टाग्रामले कसरी बाल आत्महत्या र शोषण बढाएको छ भन्ने देखाउने पोस्टर हातमा लिएका थिए । फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटासमेत अन्य सामाजिक सञ्जाल मञ्चहरू प्रायः बालबालिकाको सुरक्षाको विषयलाई लिएर आलोचित बनिरहेका छन् ।
सामाजिक सञ्जाल कम्पनीका प्रडक्टले अनलाइनमा बालबालिकाहरू यौन शोषण भइरहेको, मान्छे मारिरहेको भन्दै सिनेटरहरू जुकरबर्गसँग भड्किएका थिए । अनलाइनमा बालबालिकाहरूको सुरक्षाका लागि कम्पनीहरूले के के गरिरहेका छन् भनेर सिनेटरहरूले जान्न चाहेका थिए ।
सामाजिक सञ्जालमा पोस्ट हुने सामाग्रीका लागि ती कम्पनीहरूलाई जिम्मेवार बनाउन अहिले कंग्रेसमा विधेयक पुगेको छ । सिनेटमा जुकरबर्ग र टिकटकका सीईओ शोउ जि चिउले स्वैच्छिक रूपमै बयान दिन सहमत भएका थिए ।
तर स्न्याप, डिस्कर्ट र एक्सका सीईओले मानेनन् । सुनवाइमा सिनेटर र दर्शकहरूको अधिकांश निशाना जुकरबर्गमाथि थियो । ‘तपाईंको परिवारले भोगेको पीडाबाट कोही पनि गुज्रिनु हुँदैनथ्यो ।’ भनेर जुकरबर्गले भनेका छन् । अनलाइनमा बालबालिकाहरूलाई जोगाउने विषयमा प्रगति नभएको देखेर सिनेटरहरू क्रुद्ध देखिन्थे । माफी माग्ने क्रममा जुकरबर्गले कम्पनीले यसका लागि ठुलो लगानी गरिरहेको समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण