आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकका सीईओ जुकरबर्गले किन मागे माफी ?

बिहीबार, १८ माघ २०८०, १३ : ३०
बिहीबार, १८ माघ २०८०

वाशिङ्टन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् । 

बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए ।

सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो भने सिनेटरहरूले उनलाई र्‍याखर्‍याख्ती पारेका थिए । दर्शक दीर्घामा बसेका केहीले हातमा इन्ष्टाग्रामले कसरी बाल आत्महत्या र शोषण बढाएको छ भन्ने देखाउने पोस्टर हातमा लिएका थिए । फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटासमेत अन्य सामाजिक सञ्जाल मञ्चहरू प्रायः बालबालिकाको सुरक्षाको विषयलाई लिएर आलोचित बनिरहेका छन् ।

सामाजिक सञ्जाल कम्पनीका प्रडक्टले अनलाइनमा बालबालिकाहरू यौन शोषण भइरहेको, मान्छे मारिरहेको भन्दै सिनेटरहरू जुकरबर्गसँग भड्किएका थिए । अनलाइनमा बालबालिकाहरूको सुरक्षाका लागि कम्पनीहरूले के के गरिरहेका छन् भनेर सिनेटरहरूले जान्न चाहेका थिए । 

सामाजिक सञ्जालमा पोस्ट हुने सामाग्रीका लागि ती कम्पनीहरूलाई जिम्मेवार बनाउन अहिले कंग्रेसमा विधेयक पुगेको छ । सिनेटमा जुकरबर्ग र टिकटकका सीईओ शोउ जि चिउले स्वैच्छिक रूपमै बयान दिन सहमत भएका थिए ।

तर स्न्याप, डिस्कर्ट र एक्सका सीईओले मानेनन् । सुनवाइमा सिनेटर र दर्शकहरूको अधिकांश निशाना जुकरबर्गमाथि थियो । ‘तपाईंको परिवारले भोगेको पीडाबाट कोही पनि गुज्रिनु हुँदैनथ्यो ।’ भनेर जुकरबर्गले भनेका छन् । अनलाइनमा बालबालिकाहरूलाई जोगाउने विषयमा प्रगति नभएको देखेर सिनेटरहरू क्रुद्ध देखिन्थे । माफी माग्ने क्रममा जुकरबर्गले कम्पनीले यसका लागि ठुलो लगानी गरिरहेको समेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप