सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडौँ उपत्यकामा लाग्यो पारिलो घाम (तस्बिरहरू)

काठमाडौँ उपत्यकामा लाग्यो पारिलो घाम (तस्बिरहरू)

शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम खुलेको छ । बिहीबार हल्का वर्षा भएसँगै शुक्रबार पारिलो घाम लागेको हो । 

यद्यपि देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो  कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया