सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

आइतबार, १० साउन २०८३, २३ : ३५
आइतबार, १० साउन २०८३

काठमाडौँ । अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन भएको छ । बुटवल निवासी ज्ञवालीको आइतबार काठमाडौँस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्यले पुष्टि गरेका छन् ।

पञ्चायतकालदेखि नै स्वतन्त्रताका लागि संघर्षरत ज्ञवालीले मुलुकमा गणतन्त्र स्थापनाको पक्षमा अनवरत रूपमा कलम चलाउँदै आएका थिए । उनी नेपाली मूलधारका सञ्चारमाध्यमहरूका नियमित स्तम्भकार हुनुका साथै विभिन्न पुस्तकहरूका लेखक समेत थिए ।

वहाँको अन्त्येष्टि भोली (सोमबार) गरिने पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईँले जनाएका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप