डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
सारांश
- धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
- विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता भोलि बिहान १० बजे पुनः बस्ने भएको छ ।
- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीमा आफ्नो २४औँ अनशन सुरु गरेका छन् ।
धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता भोलि (साेमबार) बिहान १० बजे पुनः बस्ने भएको डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेको सरकारी वार्ता टोलीले आज बिहानदेखि वार्ता सुरु गरेकाे थियो । तर, दिनभर विभिन्न चरणमा छलफल भए पनि डा. केसीका मागका विषयमा सहमति जुट्न नसकेको हो । सहमति जुटाउने प्रयासस्वरूप भोलि बिहान १० बजे पुनः वार्ता बस्ने डा. जैसीले बताए ।
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४औँ अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण