महाधिवेशनको मिति एक वर्ष थप्ने नेसपा केन्द्रीय समिति बैठकको निर्णय
काठमाडौँ । नेपाल समाजवादी पार्टीले महाधिवेशनको मिति एक वर्ष थप्ने निर्णय गरेको छ । शनिवार बसेको नेसपा केन्द्रीय समितिको बैठक सो निर्णय गरेको हो ।
बैठकले रिक्त रहेको २१ केन्द्रीय सदस्यहरूलाई अद्यावधि गरी निर्वाचन आयोगलाई बुझाउने र महाधिवेशनको तयारीमा लाग्ने निर्णय समेत गरेको छ । साथै पार्टी एकताको प्रक्रियालाई सँगसँगै अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संविधान संशोधन, वित्तीय क्षेत्रका समस्या, भ्रष्टाचार नियन्त्रण, नेसपा केन्द्रीय सदस्य जीतमान पुन मार्सलको रिहाइ, टीआरसी लगायत शान्ति प्रक्रियाको छिटो पूर्णता, प्रदेश–१ को पहिचानका आधारमा नामाङ्कन आदि समसामयिक ८ बुँदे प्रस्ताव पारित गरेको सो पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
केन्द्रीय समितिका निर्णय अनुमोदनका लागि आइतबार १२ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकमा माओवादीसँग एकता गर्ने कि नगर्ने विवाद तत्कालका लागि हल भएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण