आयोजक आइभोरी कोस्ट र दक्षिण अफ्रिका सेमिफाइनलमा
काठमाडौँ । आयोजक आइभोरी कोस्टले मालीलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयको अन्त्यमा गोल गर्दै टोलीले मालीलाई २–१ गोल अन्तरले हराएको हो ।
ओडिलोन कोसोनोले दुईवटा पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि आइभोरी कोस्ट १० खेलाडीमा सीमित बनेको थियो । दोस्रो हाफमा नेने डोरगेलेसले गोल गरेपछि टोली खेलमा पछि पर्यो ।
तर ९० औँ मिनेटमा सिमोन अडिंग्राले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि अतिरिक्त समयको अन्तिम समयमा ओमार डियाकिटेले गोल गर्दै टोलीलाई जीत दिलाए । त्यसपछि जर्सी खोल्दै गोलको खुसीयाली मनाएकोमा उनले पनि खेलको दोस्रो पहेँलो कार्ड पाए । अब उनले बुधबार हुने कङ्गोविरुद्धको सेमिफाइनल खेल गुमाउने छन् ।
उता, कप्तान रोनवेन विलियम्सले चारवटा पेनाल्टी रोकेपछि दक्षिण अफ्रिका केप भर्डेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेल गोलरहित बराबरीमा सकिएपछि टोली पेनाल्टी सुटआउटमा २–१ गोलले विजयी भएको हो ।
विलियम्सले बेबे, विली सेमेडो, लारोस डुआर्टे र प्याट्रिक आन्ड्राडेको पेनाल्टी रोकेका थिए । अब दक्षिण अफ्रिकाले सेमिफाइनलमा नाइजेरियाको सामना गर्नेछ । टोलीसँग सन् २००० को बदला लिने अवसर मिल्नेछ । त्यतिबेला नाइजेरिया २–० गोलले विजयी बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण