रिक्त केन्द्रीय समिति सदस्य पदपूर्तिका लागि नेसपाले बनायो कार्यदल
काठमाडौँ । नेपाल समाजवादी पार्टीले रिक्त केन्द्रीय समितिमा पदपूर्तिका लागि सहअध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार दिउँसो केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यदल गठन गरेको हो ।
कार्यदलमा उपाध्यक्ष हिसिला यमी, दुर्गा सोव, महासचिव रमेश यादव र ईश्वर रिजाल सदस्य रहेका छन् । कार्यदलले रिक्त २१ जना केन्द्रीय सदस्यको अद्यावधि गर्ने, जनवर्गीय सङ्गठनभित्र सक्रिय र निष्क्रिय सदस्यहरूको छानबिन गर्न कार्यादेश दिएको छ । बैठकले केन्द्रीय समितिले अनुमोदन गरेका संशोधित मस्यौदा पारित गरेको महासचिव यादवले जानकारी दिए ।
‘केन्द्रीय समितिमा रिक्त रहेको २१ जना सदस्य छनोटका लागि पाँच सदस्यीय कार्यदल बनेको छ । यसले जनवर्गीय सङ्गठनमा रहेका सक्रिय/निष्क्रिय सदस्यहरू छानविन गर्नेछ’, उनले भने ।
महाधिवेशनको म्याद एकवर्ष थप्ने केन्द्रीय समिति बैठकको निर्णय अनुमोदन गरेको उनले बताए । यादवका अनुसार यीबाहेक विधानमा अन्य विषय यथावत् राखिएको छ । समावेशीसहित केन्द्रीय अद्यावधि गरेपछि निर्वाचन आयोगलाई जानकारी गराइने छ ।
जसपाबाट गत वर्ष असारमा विभाजन भई बनेको नेसपाले फागुनको पहिलो साता अधिवेशन गर्ने विधानमा उल्लेख गरेको थियो । तर विधानअनुसार निर्धारित समयमा अधिवेशन नहुने भएपछि केन्द्रीय समितिले विधान संशोधन गरेको थियो । माओवादीसँग एकताका लागि जेठसम्म महाधिवेशन स्थगित गर्ने समेत बैठकले निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण