न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
आइतबार, २१ माघ २०८०, २० : ५७
काठमाडौँ । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ४६ वर्षीय चन्द्र बहादुर बुढाथोकी र ३३ वर्षीय टोप बहादुर सेजवाल छन् ।
उनीहरुले खड्गराज गिरी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागी न्युजील्याण्ड पठाउँछु भनेर ११ लाख ५० हजार ठगेको आरोप छ । आरोपीहरुले प्रतिव्यक्ति १० लाख लाग्ने र त्यहाँ मासिक दुई लाख कमाई हुने आश्वासन दिएका थिए ।
रकम लिएपछि उनीहरु सम्पर्क विहीन भएका हुन् । उनीहरुलाई बानेश्वरबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण