जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दाङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर नगरपालिका-१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका-११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी बागलुङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठेखोला गाउँपालिका-८ लेखानी बस्ने ४० वर्षीय होम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-५ कर्लिमस्थित खाली घरमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरी चौकी धम्जाबिहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापामा पनि ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ बस्ने भारत बलिया थाना घर भएका ५० वर्षीय अजय गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
गुप्ताले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण