सन् २००२ यता बेलायतमा १० लाख थान विद्युतीय कार बिक्री

लन्डन । गएको महिना बेलायतमा १० औँ लाख थान विद्युतीय कार बिक्री भयो । महिनाभरमा निजी क्रेताहरूको विद्युतीय कार खरिद दोहोरो अङ्कले घटेको भए पनि अहिलेसम्म विद्युतीय कारको विक्रीले सो स्तर पार गरेको थियो ।
मोटर उत्पादक तथा विक्रेता समाजका (एसएमएमटी) अनुसार जनवरीमा २० हजार थानभन्दा धेरै ब्याट्रीबाट चल्ने सवारी साधन विक्री भएका थिए । अधिकांश कार भाडामा दिने कम्पनीले किनेका थिए ।
जनवरीमा निजी उपभोक्ताहरूको कार खरिद १६ प्रतिशतले घटेको थियो । योसँगै सन् २००२ यता बेलायतमा १० लाख थान मात्र विद्युतीय कार बिक्री भएका छन् । कार बिक्रीमा आएको सुस्तताले सरकारको कार्बन शून्य पार्ने वाचा कमजोर हुने देखिएको छ ।
एसएमएमटीले सरकारलाई आगामी बजेटमा निजी क्रेताहरूको तर्फबाट माग बढाउन विद्युतीय कारमाथिको भ्याट आधामा झार्न अनुरोध गरिरहेको छ । विद्युतीय कार चलाउन परम्परागत कारको भन्दा कम खर्च लाग्छ ।
तर यस्ता कार परम्परागत कारभन्दा ३० देखि ४० प्रतिशत महँगा छन् । बेलायतमा कुनै व्यवसाय, कम्पनी वा मासिक तलबबाट पैसा कटाउने गरी विद्युतीय कार किन्दा धेरै कर छूट पाइन्छ । तर व्यक्तिलाई दिँदै आएको कर छूटलाई सरकारले सन् २०२२ मै खारेज गरेको थियो ।
गएको वर्ष प्रधानमन्त्री ऋषि सुनाकले डिजेल र पेट्रोलबाट चल्ने कारको बिक्रीमाथिको प्रतिबन्ध ५ वर्ष पछाडि धकेलेर सन् २०३५ मा पुर्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक