बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो
ढाका । बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले बढी हो ।
सन् २०२३/०२४ को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवर्द्धन विभाग (इपिबी) ले जनाएको छ ।
निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ ।
बङ्गलादेशले सन् २०२३ जुलाई–जनवरी सम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८.३६ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्ष २७.४२ अर्ब डलर मात्र थियो ।
बङ्गलादेशले आर्थिक वर्ष २०२३/०२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ ।
यसमा तयारी पोसाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण