बोइङ विमानलाई अर्को धक्का, ७३७ म्याक्स विमानमा नयाँ समस्या भेटियो
न्युयोर्क । ७३७ म्याक्स विमानको निर्माणमा नयाँ समस्या देखिएको छ । यसले निर्माता कम्पनी बोइङलाई डेलिभरी गर्न बाँकी रहेका ५० वटा विमानमा फेरि काम गर्नुपर्ने देखिएको छ ।
आइतबार कम्पनीको कमर्सियल एयरक्राफ्ट युनिटका प्रमुख स्टान डिलले बोइङका कर्मचारीलाई पठाएको मेमोमा यस समस्याबारे खुलासा गरिएको हो । मेमोमा ७३७ म्याक विमानको फ्युसलाज तयार गर्ने स्पिरिट एरोसिस्टमका एक कर्मचारीले बोइङलाई दुईवटा प्वाल कम्पनीको आवश्यकता अनुसार नभएको जानकारी गराएको उल्लेख छ ।
मेमोमा यो समस्याले विमानको सुरक्षामा कुनै पनि असर नगर्ने र सबै ७३७ विमानले उडान जारी राख्न सकिने पनि बताइएको छ । यद्यपि, डेलिभरी गर्न बाँकी ५० वटा विमानमा भने पुनः काम गर्नुपर्ने देखिएको बताइएको छ ।
यता स्पिरिट एरोसिस्टमले पनि दुईवटा प्वाल गलत ठाउँमा बनाएको स्वीकार गरेको छ । यो घटना बोइङको प्रतिष्ठामा अर्को ठुलो धक्का हो । पछिल्लो ५ वर्षमा बोइङमा एकपछि अर्को घटना हुँदै आएको छ । हालै गत जनवरी ५ मा ७३७ म्याक्स ९ विमानको झ्याल उडानको क्रममा खस्न पुगेको थियो ।
त्यस्तै, बोइङको ७३७ म्याक्स विमानको डिजाइनमा समस्या देखिँदा दुईवटा घातक दुर्घटना भएका थिए । सन् २०१८ को अक्टोबर र सन् २०१९ को मार्चमा भएका दुई दुर्घटनामा परेर ३ सय ४६ जनाले ज्यान गुमाएका थिए । यसले सबै म्याक्स विमानलाई २० महिनासम्म ग्राउन्डेड गरिएको थियो । यता फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले बोइङको उत्पादन प्रक्रियालाई हेर्ने तरिकामा परिवर्तन गर्ने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण