सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बोइङ विमानलाई अर्को धक्का, ७३७ म्याक्स विमानमा नयाँ समस्या भेटियो

मङ्गलबार, २३ माघ २०८०, १२ : १३
मङ्गलबार, २३ माघ २०८०

न्युयोर्क । ७३७ म्याक्स विमानको निर्माणमा नयाँ समस्या देखिएको छ । यसले निर्माता कम्पनी बोइङलाई डेलिभरी गर्न बाँकी रहेका ५० वटा विमानमा फेरि काम गर्नुपर्ने देखिएको छ ।

आइतबार कम्पनीको कमर्सियल एयरक्राफ्ट युनिटका प्रमुख स्टान डिलले बोइङका कर्मचारीलाई पठाएको मेमोमा यस समस्याबारे खुलासा गरिएको हो । मेमोमा ७३७ म्याक विमानको फ्युसलाज तयार गर्ने स्पिरिट एरोसिस्टमका एक कर्मचारीले बोइङलाई दुईवटा प्वाल कम्पनीको आवश्यकता अनुसार नभएको जानकारी गराएको उल्लेख छ ।

मेमोमा यो समस्याले विमानको सुरक्षामा कुनै पनि असर नगर्ने  र सबै ७३७ विमानले उडान जारी राख्न सकिने पनि बताइएको छ । यद्यपि, डेलिभरी गर्न बाँकी ५० वटा विमानमा भने पुनः काम गर्नुपर्ने देखिएको बताइएको छ ।

यता स्पिरिट एरोसिस्टमले पनि दुईवटा प्वाल गलत ठाउँमा बनाएको स्वीकार गरेको छ । यो घटना बोइङको प्रतिष्ठामा अर्को ठुलो धक्का हो । पछिल्लो ५ वर्षमा बोइङमा एकपछि अर्को घटना हुँदै आएको छ । हालै गत जनवरी ५ मा  ७३७ म्याक्स ९ विमानको झ्याल उडानको क्रममा खस्न पुगेको थियो । 

त्यस्तै, बोइङको ७३७ म्याक्स विमानको डिजाइनमा समस्या देखिँदा दुईवटा घातक दुर्घटना भएका थिए । सन् २०१८ को अक्टोबर र सन् २०१९ को मार्चमा भएका दुई दुर्घटनामा परेर ३ सय ४६ जनाले ज्यान गुमाएका थिए । यसले सबै म्याक्स विमानलाई २० महिनासम्म ग्राउन्डेड गरिएको थियो । यता फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले बोइङको उत्पादन प्रक्रियालाई हेर्ने तरिकामा परिवर्तन गर्ने बताइसकेको छ ।

–सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप