रौतहटमा ३ जना लागुऔषध कारोबारी पक्राउ
रौतहट । रौतहट स्थित इलाका प्रहरी कार्यालय देवाही गोनाहीको टोलीले लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका १२ बथाने टोलका वर्ष २२ को राजन मोक्तान , सोही ठाउँका वर्ष २३ को सुजन मोक्तान र वर्ष २९ की असली माया वल रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा देवाही गोनाही नगरपालिका ८ गोनाही बजार संग्रालय नजिक सडक खण्डमा जयनगर देखी जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २५२४ नम्बरको डाँफे सवारी नामक अटोलाई शंका लागि रोकी चेकजाँच गर्दा दुई वटा जेब्रा झोला भित्र लुकाई राखेको १० केजी ३०० ग्राम लागु औषध गाँजासहित तीनै जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन।
पक्राउ परेका राजन मोक्तान सवारी चालक र सुजन मोक्तान असली माया वल लागूऔषध गाँजा ओसारपसार गर्ने कारोबारी रहेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण