संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
काठमाडौँ । सङ्घीय संसद्को महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले ३ वटा नागरिकता लिएको विषयमा छानबिन जारी रहेको छ । पाण्डेयले विभिन्न मितिमा ३ पटक नागरिकता लिएको बारेमा गृह मन्त्रालयका साथै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीमाथि छानबिन भइरहेको हो ।
समितिका सभापति रामहरि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिमा पनि पाण्डेयविरुद्ध उजुरी परेको र त्यो उजुरी बारेमा छानबिन चलिरहेको जानकारी दिए ।
सभापति खतिवडाले भने– ‘छानबिनको आफ्नै प्रक्रिया हुन्छ, उहाँको नियुक्तिको आफ्नै प्रक्रिया हो, उहाँले गलत गर्नुभएको रहेछ भने सजायको भागीदारी हुनुहुन्छ । उहाँले ३ वटा नागरिकता लिएको देखिएकै हो । पहिला २०२६ सालको जन्म मिति भएको, त्यसपछि २०३२ साल जन्म भएको र २०७७ सालमा फेरि २०२६ सालमै जन्म मिति कायम भएको नागरिकता लिनुभएको भेटिएको छ । पासपोर्ट पनि त्यस्तै त्यस्तै दुई तिनवटा लिएको भेटिएको छ । अर्को भर्खर रातो पासपोर्ट लिएको भेटिएको छ । त्यो बारेमा छानबिनको प्रक्रिया आफ्नै हुन्छ, उहाँले सभामुखमार्फत नियुक्ति प्रक्रिया पाउनुभयो त्यसमा मेरो केही प्रतिक्रिया छैन ।’
गत मङ्सिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई संसद्को महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए । तर रामचन्द्र पौडेलले झन्डै २ महिना होल्ड गरेर माघ २३ गते पाण्डेयलाई महासचिवमा नियुक्त गरेका थिए । पाण्डेयले आज सभामुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण