विद्यार्थीले गणित, विज्ञान र अङ्ग्रेजी जानेनन् भने हामी पछि पर्छौँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले विद्यालय शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विद्यालय शिक्षामा अहिलेदेखि विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि बढाउन नसके आगामी दिनमा देश पछि पर्ने बताए ।
उनले नेपालको सिमाना क्षेत्रमा दर्जनौँ नर्सिङ कलेज खुलेको भनेर हल्ला आए पनि ३ वर्षमा ३ सय भन्दा बढी विद्यार्थी नर्सिङ पढ्न देशबाहिर नगएको बताए । उनले नेपालका विश्वविद्यालय नसुधारेका कारण विभिन्न देशमा विद्यार्थी अध्ययनका लागि जाने गरेका कारण विश्वविद्यालय सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
उनले भने–‘विश्वविद्यालय सुधारका लागि सरकारले यही सदनमा उच्च शिक्षाको विधेयक ल्याउँदै छ । त्यो विधेयकमा यो संसदले काम गर्नुपर्ने छ । हाम्रो विश्वविद्यालयको स्वायत्तता, विश्वविद्यालयले मौलिकता पनि कसरी कायम गर्ने, विश्व बजारका लागि हाम्रा विश्वविद्यालय कसरी तयार हुने भन्ने बारेमा कानुनमा हामीले सँगै काम गर्नुपर्नेछ ।’
उनले सो कानुन आएर काम गर्न समय लाग्ने बताउँदै त्रिवि लगायतका विश्वविद्यालयमा नेतृत्वको अभाव रहेको बताउँदै राजनीतिक भागवण्डाका आधारमा नेतृत्व चयन गर्न नहुनेमा जोड दिए ।
उनले विद्यालय शिक्षामा तल्लो तहमा धेरै विद्यार्थी भर्ना भएपनि माथिल्लो तहसम्म आइपुग्दा विद्यार्थी हराएर जाने अवस्था रहेको बताए । उनले भने–‘हाम्रा बालबालिकाहरु विद्यालयमा पढिरहेका छन् तर गणित सिकिरहेका छैनन्, विज्ञान सिकिरहेका छैनन्, अङ्ग्रेजी त अझ कम सिकिरहेका छन् । विज्ञान, गणित र अङ्ग्रेजी आएन भने हामी अहिले जुन सूचना प्रविधि, ज्ञानको कुरा गरिरहेका छौँ, त्यसमा हामी पछि पर्छौँ ।’
स्कुलमा विद्यार्थीले पढिरहे पनि यी विषय राम्रोसँग पढाउन नसके देश पछि पर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण