लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय
दाङ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ । विभागीय मन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न उक्त परीक्षाहरूमा प्रवेश गर्दा डिजिटल प्रविधि मार्फत हाजिर गराउने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।
लिखित र प्रयोगात्मक परीक्षामा फरक फरक व्यक्ति सहभागी भएर अनियमितता हुने गरेको गुनासोको आधारमा मन्त्रीस्तरीय बैठकबाट सो निर्णय भएको बताइएको छ। जसअनुसार लिखित परीक्षाअघि बायोमेट्रिक लिइएजस्तै प्रयोगात्मक परीक्षामा पनि सोहीअनुसार व्यवस्था गर्ने निर्णय भएको राणाको भनाइ छ ।
लुम्बिनी मातहतका यातायात कार्यालयहरूका कार्यालय प्रमुखहरूसहितको बैठकमा प्रमुखहरूले आ–आफ्नो कार्यालयको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए । साथै सेवा प्रवाहको क्रममा देखिएका समस्या समाधान गर्न जिम्मेवार निकायले पहलकदमी गर्ने गरी मन्त्रालयबाट आवश्यक निर्देशन पनि दिइएको राणाले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशभरका विभिन्न जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको भन्ने जनगुनासालाई सम्बोधन गर्न सम्बन्धित कार्यालयले तत्काल अनुगमन गरी मापदण्ड पुगेकाहरूलाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।
यस्तै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र लिने प्रयोजनका लागि सञ्चालन हुने प्रयोगात्मक परीक्षामा परीक्षार्थीहरुले आफ्नै सवारीसाधन वा परीक्षार्थीहरूले लिएर आउने सवारी साधनबाट प्रयोगात्मक परीक्षा सहज तरीकाले दिन पाउने यस पूर्वको निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।
यस्तै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूमा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई पालो कुर्न नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । यस्तै आ–आफ्नो कार्यालयको बेरुजु फर्छ्यौट गर्नेतर्फ पहल गर्ने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण