शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्याब्सकद्वारा 'पब्लिक स्पिकिङ ट्रेनिङ' तथा 'कम्पिटिसन -2080 हुँदै

बुधबार, २४ माघ २०८०, १३ : २७
बुधबार, २४ माघ २०८०

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले पब्लिक स्पिकिङ सम्बन्धी ट्रेनिङ र कम्पिटिसन -२०८० गर्ने भएको छ।

दुई सेसनमा हुने उक्त कार्यक्रम दुई दिनमा हुनेछ, जसअनुसार माघ २५ गते सरस्वती नगर कपनस्थित सगरमाथा इजुकेसनल एकेडमीको सभाहलमा पब्लिक स्पिकिङ सम्बन्धी ट्रेनिङ गराइनेछ । त्यसैगरि माघ २८ गते कम्पिटिसन गराइने आयोजकले जानकारी गराएको छ।

मिस नेपाल -२००५ तथा मिडिया प्रोफेसनल  सुगारिका केसीको प्रशिक्षण तथा निर्णायक रहने कार्यक्रमको उद्देश्य  विद्यार्थीको व्यक्तिगत विकास, मास कम्युनिकेसन सम्बन्धी आधारभूत आवश्यकता, आत्मविश्वासको वृद्धि तथा युवाहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।

उक्त प्रतियोगितामा सहभागिता जनाउनको लागि प्रतिव्यक्ति नेपाली रुपैयाँ १००० आवेदन शुल्क लाग्ने र विजेताहरूको लागि प्रथम पुरस्कार  रु. ५००० नगद, ट्रफी, मेडल, प्रमाणपत्र र द्वितीय पुरस्कार रु. ३००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप