अर्थमन्त्रीद्वारा भैरहवा भन्सारको निरीक्षण, राजस्वको लक्ष्य भेटाउन निर्देशन
भैरहवा । अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । बुधवार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले राजश्वको लक्ष्य भेट्टाउने गरी कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्री महतले भने– ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरू हाम्रो राज्य संयन्त्रको अङ्ग हुन पाएका छैनन् ।’ प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलब भत्ताबाट कर्मचारी सन्तुष्टि बन्नुपर्ने समेत अर्थमन्त्रीको भनाई छ । भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सतर्कताका साथ निरन्तर खबरदारी गर्न कर्मचारीलाई निर्देशन दिए ।
‘कार्यरत कर्मचारीहरू एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन,’ मन्त्री महतको भनाई छ, ‘क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ ।’ गाडी आयात कम हुँदा राजश्व सङ्कलन कम भयो भन्ने विषय आइरहे पनि यो मात्रै कारण नभएको हुन सक्ने अर्थमन्त्रीको भनाई छ । यी विषयमा कर्मचारीले गम्भीर भएर ध्यान दिनुपर्ने अर्थमन्त्री डा.महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण