बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

बुधबार, २४ माघ २०८०, १९ : ५०
बुधबार, २४ माघ २०८०

कालीकोट । कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए । मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप