नागरिकता किर्ते गरेर ६३ लाख ठगेको आरोपमा ज्वाइँ–जेठान पक्राउ
काठमाडौँ । ‘युरोप पठाउँछु’ भनेर दुई जना युवकले ६३ लाख रुपैयाँ ठगेका छन् । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) मिलन केसीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–१० घर भएर ललितपुर बस्ने राम सेवक सिंह छन् । रामेश्वरका बहिनी ज्वाइँ हुन्, २७ वर्षीय राम सेवक सिंह । ज्वाइँ र जेठान मिलेर लामो समयदेखि ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आफूलाई सरोज यादव र नागेन्द्र यादव भनेर चिनाउने रामेश्वरले अर्काको नामको नागरिकतामा ज्वाइँ राम सेवक सिंहको फोटो टाँसेर ठगी धन्दा चलाएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । उनीहरुले सरोज यादव र नागेन्द्र यादवको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । सो नागरिकताबाट बैंक खाता संचालन गरेर कन्सल्टेन्सी समेत स्थापना गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
चितवनमा आरोपीहरुले ‘गढिमाई कन्सल्टेन्सी’को नाममा ठगीधन्दा चलाएको अनुसन्धानमा संलग्न डिएसपी गोविन्द पन्थीले रातोपाटीलाई बताए ।
आरोपीहरुले पीडितहरुलाई ‘युरोपीयन मुलुक पठाउँछौँ र त्यहाँ जान ७ लाख लाग्छ’ भनेर लोभमा पारेका थिए । युरोपमा पुगेपछि १ लाख ५५ हजार कमाई हुने जागिर पाइन्छ भनेरपछि आफूहरूले रकम दिएको पीडितहरुले प्रहरीलाई बताएका छन् ।
२०७४ देखि वैदेशिक रोजगार सम्बन्धी काम गरेका रामेश्वर यसअघि पनि ३ करोड ठगी मुद्दामा पक्राउ परेका थिए । २ सय जनासँग ३ करोड ठगेको कसुरमा उनी १ वर्ष ६ महिना जेल बसेर निस्केका हुन् । जेलबाट निस्केपछि उनले पुरानै धन्दा सुरु गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । बजाज ओभरसिजमा वैदेशिक रोजगारी सम्बन्धी काम सिकेका उनी २०७९ सालमा लागुऔषध मुद्दामा सिन्धुलीमा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण