एप्पलका सीईओलाई अनावश्यक तलब दिइएको सम्बन्धी मुद्दा खारेज
न्यूयोर्क । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका सीईओ टिम कुकलाई अनावश्यक तलब दिएको सम्बन्धी मुद्दा खारेज भएको छ । संघीय न्यायाधीशले बुधबार सीईओ कुक र अन्य शीर्ष कार्यकारीहरुलाई प्रदर्शनमा आधारित शेयर अवार्ड भुक्तानीमा गलत हिसाब गरेर धेरै तलब दिएको भन्दै एप्पलमाथि परेको मुद्दा खारेज गरिदिएका छन् ।
सन् २०२३ को प्रोक्सी स्टेटमेन्टमै कम्पनीले सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशनको नियमानुसार सेवा सुविधाको विस्तृत तालिकामा हरेक हिसाबको व्याख्या गरेको म्यानह्याटनका जिल्ला न्यायाधीश जेनिफर रोचोनले फैसलामा भनेकी छिन् । कम्पनीको सञ्चालक समितिले सीईओसहितको अन्य ठूला कार्यकारीहरुलाई तलब सुविधा दिँदा अनियमितता गरेको प्रमाण नभेटेको बताएकी छिन् । वादी पेन्सन कोषले मुद्दा हाल्नुअघि सञ्चालक समितिलाई सोच विचारका लागि पर्याप्त समय नदिएको पनि उनले बताइन् । वादीका अनुसार सन् २०२१ र सन् २०२२ मा एप्पलले कुक र अन्य चार कार्यकारीलाई क्रमशः ९ करोड २७ लाख डलर र ९ करोड ४० लाख डलर मूल्य बराबरको निश्चित अवधिसम्म बेच्न नमिल्ने प्रदर्शनमा आधारित शेयर दिएको थियो ।
कम्पनीको तलब समितिले भने दुवै वर्ष यी पाँच जनालाई ७ करोड ७५ लाख डलर बराबरको बेच्न नमिल्ने शेयर दिन खोजेको थियो । कुकले सन् २०२१ मा ९ करोड ९० लाख डलर बराबरको तलब सुविधा थापेका थिए । एप्पलको प्रोक्सी फाइलिङले देखाएको भन्दा यो ८ करोड २० लाख डलर धेरै भएको बताइएको छ । सन् २०२३ मा भने कुकको तलब सुविधा घटेर ६ करोड ३२ लाख डलरमा झरेको थियो । अन्य तीन कार्यकारीहरुले सन् २०२३ सम्मको तीन वर्षमा २ करोड ७० लाख डलर बराबरको तलब सुविधा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण