लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराको परवानीपुर गाउँपालिका-४ चैनपुर चोकबाट पनि अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित पर्सा बहुदरमाई नगरपालिका-२ बैरिया टोल बस्ने २७ वर्षीय अरूण मिया अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले भे.१ ज १२०४ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-११ देउपारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय तिलक थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु.४१ प ९७६८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको कटहरी गाउँपालिका-६ बस्ने कपिलदेव सहनी अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा कटहरी गाउँपालिका-४ बस्ने ३३ वर्षीय सोहन सहनीको संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा १ किलो फेला पारी उनलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण