मिथुन चक्रवर्ती अस्पताल भर्ना

मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । अभिनेतालाई शनिबार कोलकाताको एक निजी अस्पतालको आपत्कालीन इकाईमा भर्ना गरिएको हो ।
खबर अनुसार अभिनेताले छातीमा गहिरो दुखाइको गुनासो गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्यबारे थप जानकारी आउन बाँकी छ । अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हाल उनको स्वास्थ्यबारे अभिनेताको परिवारले कुनै प्रतिक्रिया दिएको छैन ।
मिथुन चक्रवर्ती ७३ वर्षका छन् । शनिबार बिहान करिब १० बजे अभिनेताको छातीमा असहज पीडा महसुस हुन थालेको थियो । उनको स्वास्थ्य बिग्रिएपछि अभिनेतालाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको उपचार भइरहेको छ ।
हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता