मेस्सीका कारण चीनमा अर्जेन्टिनाका दुई खेल रद्द
बेइजिङ । हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ । गत आइतबार अर्जेन्टिनाका कप्तानले हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेल नखेलेपछि चीनमा रहेका समर्थकहरू उनीबाट रुष्ट बनेका हुन् ।
३६ वर्षीय खेलाडीले चोटका कारण आफूले सो खेल खेल्न नसकेको स्पष्टीकरण दिए पनि तीन दिनपछि जापानमा भिसेल कोबेविरुद्धको खेलमा भने उनी सब्सटिच्युटका रूपमा खेलेका थिए । यसबाट चीनमा उनको व्यापक आलोचना भइरहेको छ ।
विश्वकप विजेता टोलीले आगामी मार्चमा नाइजेरियाविरुद्ध हाङझाउ र बेइजिङमा आइभोरी कोस्टविरुद्ध खेल्ने तालिका रहेको थियो । बेइजिङ फुटबल एसोसिएसनले लियोनेल मेस्सी खेल्ने खेलका लागि कुनै पनि तयारी नगरिएको शनिबार बताएको छ । उता शुक्रबार नै हाङझाउमा पनि खेल रद्द गरिएको जानकारी दिइएको थियो ।
मेस्सी नखेलेपछि हङकङमा समर्थकहरूले इन्टर मियामीका मालिकसमेत रहेका डेभिड बेकह्याम र मेस्सीविरुद्ध नाराबाजी गर्दै आफ्नो पैसा फिर्ता मागेका थिए । विरोधपछि आयोजकले टिकटको ५० प्रतिशत रकम फिर्ता गर्ने वाचा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण