पोखरामा धनमाल चोरी गर्ने एक जना पक्राउ
पोखरा । पोखराका ठाउँ ठाउँमा धनमाल चोरी गर्ने एक जना पक्राउ परेका छन् । लेकसाइड र वरपरका ६ वटा पसलमा चोरी गरेको आरोपमा पोखरा १४ बस्ने २१ वर्षका दीपेश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले माघ १३ गते राती जीरो किलोमिटरको क्याफेबाट नगद १५ हजार, १२ हजारको चुरोट र २० हजारको ट्यावलेट, ४२ हजारको जिप्पो लाइटरसहित करिब ९० हजारको चोरी गरेको प्रहरीले बताएको छ । यस्तै, माघ १ गते बिहान सवा ५ बजे लेकसाइडको क्याफेबाट १० हजार नगद, वाइन, चुरोट, ट्यावसहित ८८ हजारको सामान चोरी भएको प्रहरीको भनाइ छ ।
माघ १३ गते नै सेन्टर प्वाइन्टस्थित रेष्ट्रो लाउन्ज बारबाट नगद २ हजार, गितार, चुरोट समेत १३ हजार, लेकसाइडस्थित सोप्निल खाजाघरबाट नगद २ हजार र रक्सीसहित २७ हजार र टोनिक लाउन्ज एण्ड बारबाट नगद १३ हजार र रक्सीसहित १९ हजारको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।
उनले बयानका क्रममा सबै ठाउँबाट चोरी गरेको स्वीकारेका कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण