फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो
मनिला । फिलिपिन्समा एउटा सुन खानी नजिकै गएको भीषण पहिरोमा परी मर्नेको सङ्ख्या आइतबार अचानक बढेर ५४ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
आइतबार मसाराको दक्षिणी पहाडी गाउँमा भग्नावशेषमुनिबाट १९ शव फेला परेको माको नगरपालिका तथा प्रान्तीय प्रकोप अधिकारी र्यान्डी लोयले बताए । उनका अनुसार अन्य ६३ खानी मजदुर र बासिन्दा अझै बेपत्ता छन् । यसअघि मृतकको सङ्ख्या ३५ बताइएको थियो ।
मङ्गलबार राति पहिरोले सुन खानी कम्पनीका कर्मचारीका लागि बस टर्मिनल र वरपरका ५५ घर पुरिँदा अन्य ३२ जना घाइते भएका छन् । एपेक्स माइनिङ कम्पनी कन्सेसन नजिकैको ठाडो पहाडबाट चट्टान, माटो र रुखहरू सात सय मिटर तल खसेर मुसारा समुदायको आठ दशमलव नौ हेक्टर भाग दबिएको छ ।
शुक्रबार तीन वर्षकी एक बालिकालाई भग्नावेशषबाट जीवित उद्धार गरिएको थियो । यसलाई उद्धारकर्मीहरूले ‘चमत्कार’ भनेका छन् । अधिकारीहरूले बेपत्ता भएकाको सूचीमा सामेल सबै फेला नपरुन्जेल खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहाडी क्षेत्र, भारी वर्षा र खानीबाट व्यापक वन फँडानी, अवैध वृक्षरोपण तथा फसल थन्क्याई आगो लगाउने कार्यले फिलिपिन्सको अधिकांश भागमा बारम्बार पहिरो जाने गर्दछ ।
दक्षिणी क्षेत्रका केही भागमा हप्तौँदेखि रोकिँदै पानी परिरहँदा दर्जनौँ पहिरो र बाढी आएका छन् । यसबाट हजारौँ मानिस आपत्कालीन आश्रयहरूमा जान बाध्य भएका छन् । हालैका महिनाहरूमा ठूलो भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण