बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

आइतबार, २८ माघ २०८०, २० : १७
आइतबार, २८ माघ २०८०

मनिला । फिलिपिन्समा एउटा सुन खानी नजिकै गएको भीषण पहिरोमा परी मर्नेको सङ्ख्या आइतबार अचानक बढेर ५४ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । 

आइतबार मसाराको दक्षिणी पहाडी गाउँमा भग्नावशेषमुनिबाट १९ शव फेला परेको माको नगरपालिका तथा प्रान्तीय प्रकोप अधिकारी र्यान्डी लोयले बताए । उनका अनुसार अन्य ६३ खानी मजदुर र बासिन्दा अझै बेपत्ता छन् । यसअघि मृतकको सङ्ख्या ३५ बताइएको थियो । 

मङ्गलबार राति पहिरोले सुन खानी कम्पनीका कर्मचारीका लागि बस टर्मिनल र वरपरका ५५ घर पुरिँदा अन्य ३२ जना घाइते भएका छन् । एपेक्स माइनिङ कम्पनी कन्सेसन नजिकैको ठाडो पहाडबाट चट्टान, माटो र रुखहरू सात सय मिटर तल खसेर मुसारा समुदायको आठ दशमलव नौ हेक्टर भाग दबिएको छ । 

शुक्रबार तीन वर्षकी एक बालिकालाई भग्नावेशषबाट जीवित उद्धार गरिएको थियो । यसलाई उद्धारकर्मीहरूले ‘चमत्कार’ भनेका छन् । अधिकारीहरूले बेपत्ता भएकाको सूचीमा सामेल सबै फेला नपरुन्जेल खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पहाडी क्षेत्र, भारी वर्षा र खानीबाट व्यापक वन फँडानी, अवैध वृक्षरोपण तथा फसल थन्क्याई आगो लगाउने कार्यले फिलिपिन्सको अधिकांश भागमा बारम्बार पहिरो जाने गर्दछ । 

दक्षिणी क्षेत्रका केही भागमा हप्तौँदेखि रोकिँदै पानी परिरहँदा दर्जनौँ पहिरो र बाढी आएका छन् । यसबाट हजारौँ मानिस आपत्कालीन आश्रयहरूमा जान बाध्य भएका छन् । हालैका महिनाहरूमा ठूलो भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ । -(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप