आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि
काठमाडौँ । नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ । आइतबार भएको खेलमा आइभोरी कोस्ट गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ ले विजयी भएको हो ।
विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६२ औँ मिनेटमा फ्रांक केसीले अडिंग्राको कर्नरलाई गोलमा परिणत गर्दै खेल बराबरी गरे ।
८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जीत दिलाए । उनी अण्डकोषको क्यान्सरपछि १३ महिनाअघि मात्र फुटबलमा फर्किएका हुन् । उनले सेमिफाइनलमा पनि विजयी गोल गरेका थिए ।
आइभोरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा यो उपाधि जितेको थियो । सन् २००६ मा इजिप्टले उपाधि उचालेयता कुनै आयोजकले पहिलोपटक उपाधि हात पारेको हो । उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ भने नाइजेरियाले ४० लाख डलर प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण