बराबरीमा रोकियो बार्सा, एट्लेटिको पराजित
काठमाडौँ । युवा खेलाडी लामिन यामालले दुई गोल गर्दा बार्सिलोना ग्रानाडासँग बराबरीमा रोकिएको छ । ६ गोलको थ्रिलर ३–३ गोलको बराबरीमा टुङ्गिएको हो ।
१६ वर्षीय खेलाडीले खेलको १४ औँ मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ४३ औँ मिनेटमा रिचार्ड सान्चेजले खेल बराबरी गरे ।
दोस्रो हाफको ६० औँ मिनेटमा फाकुन्डो पेलिस्ट्रीले ग्रानाडालाई अप्रत्याशित अग्रता दिलाए । तर, तीन मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीले खेल बराबरी गरे । ६६ औँ मिनेटमा इगान्सी मिकेलले पुनः ग्रानाडालाई अग्रता दिलाए पनि ८० औँ मिनेटमा यामालले गोलल गर्दै खेल बराबरी गरे ।
बराबरीपछि बार्सिलोना शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा १० अङ्कले पछि परेको छ । २४ खेलपछि बार्सिलोनाको ५१ अङ्क छ । ग्रानाडा १३ अङ्कसहित रेलिगेसन जोनमा रहेको छ ।
आइतबार नै भएका अन्य खेलमा सेभियाले एट्लेटिको मड्रिडलाई १–० गोलले हरायो । त्यस्तै, गेटाफेले सेल्टा भिगोलाई ३–२ पराजित गर्दै मायोर्काले रायो भायोकानोविरुद्ध २–१ को जीत हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण