६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ
मङ्गलबार, ०१ फागुन २०८०, २१ : ०६
पोखरा । पोखराबाट स्रोत नखुलेको रकम र सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल मेदिनिपुर घर भई पोखरा २ मोहोरिया टोल बस्ने सुरजित भौमिकले सञ्चालन गरेको जय भैरव ज्वेलर्समा अवैध रुपमा राखिएको सुन र चाँदीका सामान र नगद बरामद गरिएको हो ।
उनले अवैध काम गरेको गोप्य सूचना पाएपछि प्रहरीले विशेष अपरेसन गरेको थियो । उनले ३ तले घर भाडामा लिएर विभिन्न किसिमका गरगहना बनाइ वितरण गरेका थिए । उनले कोठामा लुकाई राखेको स्रोत खुलाउन नसक्ने गरगहना ६ किलो ७ सय ६९ ग्राम सुन र ६ किलो चाँदी र नगद ६२ लाख ८१ हजार नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण