क्यानडाविरुद्ध राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाल टिममा समेटिए
बुधबार, ०२ फागुन २०८०, ०८ : ४०
काठमाडौँ । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनाल समेटिएका छन् ।
यसअघि वैकल्पिक खेलाडीका रूपमा रहेका अनिल र देव दुवै क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लगत्तै उनीहरू लिग–२को लागि टिममा परेका हुन् । यससँगै अर्जुन साउद र रिजन ढकाल भने टिमबाट बाहिरिएका छन् ।
लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा बिहिवारदेखि सुरु हुनेछ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच यस सिरिजमा प्रतिस्पर्धा हुनेछ । नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण