पेट्रोल बोक्ने ट्याङकरमा ६ सय किलो गाँजा, चार जना पक्राउ
विराटनगर । प्रहरीले धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरमा लोड गरेको झण्डै ६ सय किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले धनकुटाबाट ५ सय ९४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले बुधबारबिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा उक्त गाँजा बरामद गरेको हो । मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७३२२ नम्बरको ट्याङकरमा गाँजा लोड भएको पाइएको हो ।
ट्याङकरको तेल लगाउने डिब्बाभित्र गाँजा राखेको अवस्थामा थियो । गाँजा बरामद भएसँगै ओसार–पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह–चालक एम.डि. अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महत्तो र रंगेली नगरपालिका–७ मोरङका ७० वर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण