चुनावमा धाँधलीको आरोपबिच इमरान खानले गुहारे अमेरिका
इस्लामवाद । पाकिस्तानमा गएको हप्ता भएको निर्वाचनयता सत्ताका लागि दलहरूबिच खिचातानी जारी छ । यसैबिच पूर्व प्रधानमन्त्री इमरान खानले बिहीबार वाशिङ्टन डीसीसँग मद्दत मागेका छन् । खानले चुनावमा धाँधली भएकोमा चिन्ता व्यक्त गरेका छन् । खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले निष्पक्ष मतगणना नभएको आरोप लगाउँदै आएको छ । नतिजा धाँधली भएको दलले बताइरहेको छ । खान प्रधानमन्त्रीको पदबाट बर्खास्त हुनु अघि एक र्यालीमा उनले अमेरिकाले आफ्नो सरकार ढलाउन चाहेको आरोप लगाएका थिए । तर वासिङ्टनले त्यतिबेला आफूमाथिको आरोप अस्वीकार गरेको थियो ।
अमेरिकाले भूमिका खेल्नुपर्छ
चुनावी मतगणनामा आफ्ना उम्मेदवारलाई जानाजानी हराएको आरोप इमरान खानको छ । उनीहरूको जनादेश चोरिएको उनी बताउँछन् । अमेरिकाले चुनावमा कथित धाँधलीको विरुद्ध आवाज उठाउनु पर्ने पीटीआई नेता असद कैसरले खानले भनेका छन् । आफूलाई एउटा ठूलो लोकतान्त्रिक देश हो भन्ने सोच्छ र पाकिस्तानमा धाँधली भइरहेको छ भने अमेरिकाले आफ्नो भूमिका राम्ररी ननिभाएको पनि उनले बताए ।
पाकिस्तानमा निष्पक्ष निर्वाचन भएन भने सोको विरुद्ध आवाज उठाउनु पर्ने उनको धारणा छ । अमेरिकाले यी चुनावप्रति कडा अडान लिनुपर्ने पीटीआईका वकिल सैफले भनेका छन् । पीटीआई घेरिएको र यसबारे अमेरिकाले आवाज उठाउनुपर्ने उनले बताए ।
पाकिस्तानको अवस्थाप्रति चिन्तित छौँ : अमेरिका
पाकिस्तानको चुनावमा भइरहेको अनियमितताबाट आफूहरू चिन्तित भएको ह्वाइट हाउसले बताएको छ । त्यहाँको अवस्था आफूहरूले नजिकबाट नियालिरहेका अनि पाकिस्तानको अवस्थाले गर्दा आफूहरू चिन्तित भएको पनि ह्वाइट हाउसको भनाई छ । सेना चुनावी नतिजा उल्ट्याउन, धाँधली गर्न र हिंसामा लागेको आरोपहरू सुनिन थालेको छ । निर्वाचनमा पाकिस्तानीहरूको जित हुनु पर्थ्यो । तर सेनाले स्थिति आफू अनुकूल बनाउन खोजिरहेको आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण