मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति बाइडेनले ५ पटक प्रपोज गरेपछि बल्ल मानेकी थिइन् जिलले

शुक्रबार, ०४ फागुन २०८०, १५ : ५२
शुक्रबार, ०४ फागुन २०८०

वाशिङटन डीसी । यतिबेला इन्टरनेटमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको प्रेम कहानीसम्बन्धी एउटा भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोमा दुबैले आफ्नो पहिलो भेटको कहानी सुनाइरहेका छन् । 

भ्यालेन्टाइन डेको दिनमा ‘मिट क्युट्स एनवाईसी’ले इन्ष्टाग्राममा शेयर गरेको यो भिडियोलाई धेरै मानिसले मन पराइरहेका छन् । आफ्नो भाइको सहयोगमा प्लान गरिएको एक ब्लाइन्ड डेटमा पहिलो पटक बाइडेनले जिललाई भेटेका थिए ।

‘मेरो भाइले मलाई फोन गरेर भन्यो, म यो केटीसँगै विद्यालय जाने गरेको छु, तिमीलाई यो केटी निकै राम्रो लाग्नेछिन् । उ सुन्दर छे अनि उसलाई राजनीति मन पर्दैन,’ भिडियोमा बाइडेनले भने । 

शनिबार दिउँसो बाइडेनले जिललाई फोन गरे । आफ्नो परिचय दिए । जिलले सुरुमै मेरो नम्बर कसरी पायौँ ? भनेर सोधिन् । त्यसपछि उनले आज राति आफूसँग बाहिर जाने हो भनेर सोधे ? जिल आफू अरुसँगै डेटमा जान लागेको बताइन् । बाइडेनले आफू एक रातका लागि मात्रै शहरमा रहने भएकोले सो डेटलाई रद्द गरेर आफूसँग जान अनुरोध गरे । जिलले दुई घण्टापछि फोन गर्नु भनिन् ।

जिलले पूर्व तय डेट रद्द गरिदिइन । ‘यिनले आफ्नो डेट रद्द गरिन्, मेरो दिल तोडिनन्,’ बाइडेन भन्छन् । दुई पटकको भेटमै बाइडेनलाई यही केटीसँग बिहे गर्नुपर्छ भन्ने लागिसकेको थियो । तर बिहेका लागि आफूले हुन्छ भन्नु अघि बाइडेनले पाँच पटक प्रपोज गरेपछि बल्ल आफूले मानेको जिलले बताएकी छिन् । आफूहरुको बिहे लामो समयसम्म चल्छ भन्ने दुबैलाई पहिलेदेखि नै थाहा थियो । एक कार दूघर्टनामा बाइडेनले आफ्नो आमा र बहिनी गुमाएका थिए ।

त्यसैले आफूलाई उनले कहिले कुनै हालतमा छोड्दैनन् भन्नेमा जिल ढुक्क थिइन् । ४८ वर्षपछि पनि आफूहरु सधैं सँगै भएको जिलले भिडियोमा भनेकी छिन् । यो भिडियोमा ७० लाखभन्दा धेरै भ्यूज आएको छ । यो भिडियोमा सामाजिक सञ्जालमा कमेन्ट वर्षा भइरहेको छ । बाइडेन र जिलको जोडी पे्रमिल र इन्स्पायरिङ भएको एक युजरले लेखेका छन् । अर्का एक जनालाई भने म जिलको पति हुँ भनेर बाइडेनले भनेको निकै मन परेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप