चलचित्रकर्मीले १७५ रुपैयाँमै एक लाखसम्मको बीमा गर्न पाउने
काठमाडौँ । चलचित्रकर्मीहरूले १७५ रुपैयाँमै एक लाखसम्मको बीमा गर्न पाउने भएका छन् । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बीमा योजनाका विषयमा सहमति भएको हो ।
सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा मञ्चका उपमहासचिव तेज गिरी सहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सहमतिसँगै चलचित्र संरक्षण मञ्चले आफ्ना सदस्य चलचित्रकर्मीको बीमा प्रक्रिया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिएका छन् । उनले अन्य चलचित्रकर्मीलाई पनि यो योजनाको लाभ लिन आग्रह गरेका छन् ।
चलचित्रकर्मीहरूको कामका दौरान अथवा अन्य भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बीमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले जानकारी दिएका छन् । चलचित्र संरक्षण मञ्चले सहजिकरण गरी न्यूनतम एक लाखदेखि अधिकत २० लाखसम्मको आवधिक बीमा गर्ने योजना ल्याएको हो । यस योजनामा वार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको बिमा हुने व्यवस्था छ भने उमेर र विमांक रकम अनुसार शुल्क फरक पर्न जाने उपमहासचिव गिरीले जानकारी दिए ।
चलचित्रकर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सय भन्दा बढी सक्रिय सदस्यहरू रहेका छन् । मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आबद्ध सदस्यहरूलाई अत्यन्तै ठुलो लाभ मिल्ने विश्वास लिएका छन् । यसै गरी इन्स्योरेन्स कम्पनीका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्च मार्फत चलचित्रकर्मीहरु सँग जोडिन पाउँदा खुसी लागेको र चलचित्रकर्मीहरूको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण