नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशेष महत्त्व छ : प्रदेश प्रमुख खापुङ
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशेष महत्त्व रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै खापुङले वि.सं. २००७ सालमा जहानियाँ शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गरेका हुन् ।
उनले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्नेमा सबैले जोडबल गर्नुपर्ने बताएका छन् । नेपालको संविधानप्रति प्रतिबद्ध रहँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा साकार बनाउन हामी सबैमा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले सन्देशमा भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली साथै‚ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण