नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना भएको छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देश विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणका लागि अग्रसर हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना भएको बताएका हुन् ।
'२००७ साल आजैका दिन मुलुकमा जहानियाँ निरङ्कुश शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको हो । जनताको सङ्घर्षले जीत हासिल गरेको ऐतिहासिक दिनको स्मरण गर्दै आज हामी प्रजातन्त्र दिवस मनाइरहेका छौँ,’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।
दिवसका अवसरमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सबै प्रकारका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विगतकै त्याग, तपस्या र बलिदानीको उपलब्धि भएको प्रमुख शर्माको भनाई छ । 'हाम्रा जनप्रतिनिधीमार्फत प्राप्त गरेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीतासहितको संविधानको जग २००७ सालको प्रजातान्त्रिक आन्दोलन नै हो । विगतका परिवर्तनकारी आन्दोलन, सङ्घर्ष एवम् गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै सहिदहरूले मार्ग दर्शन, सपना एवम् जनआकाङ्क्षालाई मूर्त रूप दिने दिशामा अघि बढ्नु हामी सबैको दायित्व हो,' शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण