बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतियोगितामा सहभागी पालिकाका प्रमुखहरूलाई भलिबलको माला

सोमबार, ०७ फागुन २०८०, १७ : २०
सोमबार, ०७ फागुन २०८०

सुर्खेत । वीरेन्द्रनगरमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ ।  प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा गरिएको उक्त प्रतियोगिताको मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।  प्रतियोगितामा प्रदेशका १० वटा स्थानीय तहहरू सहभागी बनेका छन् । 

सहभागी हुनेमा दैलेख ठाटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका, जुम्लाको तातोपानी, कालिकोटको तिलागुफा गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ, गाउँपालिका, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, मुगुको सोरु र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् । 

जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई प्रत्येक जिल्लाका एक पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी भएका पालिकाका प्रमुखहरूलाई परिषद्ले भलिबलको माला लगाई सम्मान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप