प्रतियोगितामा सहभागी पालिकाका प्रमुखहरूलाई भलिबलको माला
सुर्खेत । वीरेन्द्रनगरमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा गरिएको उक्त प्रतियोगिताको मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । प्रतियोगितामा प्रदेशका १० वटा स्थानीय तहहरू सहभागी बनेका छन् ।
सहभागी हुनेमा दैलेख ठाटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका, जुम्लाको तातोपानी, कालिकोटको तिलागुफा गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ, गाउँपालिका, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, मुगुको सोरु र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् ।
जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई प्रत्येक जिल्लाका एक पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी भएका पालिकाका प्रमुखहरूलाई परिषद्ले भलिबलको माला लगाई सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण