बिंगो खेलेको आरोपमा बौद्धबाट १४ जना पक्राउ
१ लाख ७ हजार बरामद
मङ्गलबार, ०८ फागुन २०८०, १४ : ०४
काठमाडौँ । अनुमति नलिइ बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १४ जनालाई पक्राउ गरेको छ । बौद्धको नयाँ बस्तीस्थित एमजिएम स्नुकरबाट आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
छुल्टिम लामाले संचालन गरेको स्नुकरमा संचालित बिंगोको खालबाट प्रहरीले १ लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । एक पटकमा १ सय र दुई सयको कुपन लिएर बिंगो खेल्ने गरिन्छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण