जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा
बेइजिङ । यति बेला विश्व अर्थतन्त्रमाथि पुनः आर्थिक मन्दीको खतरा मडारिरहेको छ । जापान, जर्मनी र बेलायती अर्थतन्त्र मन्दीमा फसेको हालै सार्वजनिक भएका तथ्यांकहरुले देखाएका थिए । यसैबिच विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमाथि पनि आर्थिक मन्दीको कालो बादल छाउन सक्ने देखिएको छ । हालै सार्वजनिक भएको आर्थिक तथ्यांकहरुले यसैतर्फ संकेत गरिरहेका छन् । चीनमा भित्रिने विदेशी प्रत्यक्ष लगानी (एफडीआई)मा निकै ठुलो कमी देखिएको छ ।
सन् २०२३ मा चीनमा जम्मा ३३ अर्ब डलर खुद एफडीआई भित्रिएको सरकारी तथ्यांकले देखाएको छ । यो सन् २०२२ को भन्दा ८० प्रतिशत कम हो । विदेशमा चीनबाट भएको प्रत्यक्ष लगानीको तुलनामा भित्रिएको लगानी बढी भएकोले यसलाई केही हदसम्म सकारात्मक मान्न सकिन्छ । तर योसँगै लगातार दोस्रो वर्ष पनि एफडीआई घटेको छ । सन् २०२१ को कीर्तिमानी उच्च स्तरको तुलनामा यो १० प्रतिशत मात्रै हो । सन् २०२१ मा चीनमा कूल ३ खर्ब ४४ अब डलर एफडीआई आएको थियो ।
गएको वर्ष विश्वभर आर्थिक मन्दीले निकै चर्चा पायो । अधिकांश ठुला कम्पनीले व्यापक रूपमा कर्मचारी कटौती गरे । यो वर्ष पनि हालत सुध्रिएको छैन । कर्मचारी कटौती जारी छ । अर्थतन्त्र ध्वस्त हुँदै गइरहेका छन् । यसको ताजा उदाहरण जापान बनेको छ । जापानले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको उपाधि हालै गुमायो । जापानलाई उछिनेर तेस्रो ठुलो अर्थतन्त्र बनेको जर्मनीको हालत पनि ठिक छैन । बेलायतको अर्थतन्त्रमा पनि लगातार संकुचन आइरहेको छ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामाथि कर्जाको बोझ बढेको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइन्यान्स (आईआईएफ)को तथ्यांकका अनुसार अमेरिकाको कर्जा बढेर ३४० खर्ब डलरमाथि उक्किलएको छ ।
के छ चीनको स्थिति ?
विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले यतिबेला अनेकौँ संकट भोगिरहेको छ । शेयर बजार ध्वस्त बनेको छ । घरजग्गा कारोबारदेखि बैंकिङ संकटसम्म सबैले अर्थतन्त्रको खराब स्वास्थ्य बताइरहेको छ । यस्तो एफडीआईको तथ्यांकले पनि अर्थतन्त्र कतै मन्दीमा जाने हो कि भन्ने आशंका उब्जाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण