धम्क्याएर ५० लाख रकम मागेको आरोपमा दुई जना पक्राउ
मङ्गलबार, ०८ फागुन २०८०, १८ : ०१
काठमाडौँ । धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन् ।
आरोपीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को रसिद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कायालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएर अर्को समूह बनाएको प्रहरीलाई बताएका छन् ।
आरोपीहरुले काठमाडौँ उपत्यकामा पकट–पटक फोन गरेर धम्क्याएर ५० लाख रकम मागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई मच्छेगाउँबाट पक्राउ गरेर आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण