दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कालोमोसो दलेको आरोपमा एक जना पक्राउ
मङ्गलबार, ०८ फागुन २०८०, २१ : ४७
काठमाडौँ । दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिपेन्द्र शाही ‘विकल्प’ छन् । आरोपी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका कर्णाली इन्चार्ज हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका सदस्यहरुले फागुन ४ मा डीडीसीका महाप्रबन्धक सञ्जीव झा लाई कार्यकक्षमै कालोमोसो लगाएका हुन् । आरोपीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
दुग्ध विकाश संस्थानका महाप्रबन्धक अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण