महासमिति बैठकमा प्रदीप पौडेलले राखे २८ बुँदे पूरक प्रस्ताव (पूर्ण पाठसहित)

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे पौडेलले प्रस्ताव राखेका हुन्।
उनले ८ पृष्ठको २८ बुँदे पूरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई बाँडेका छन्। जनताले मतदान गर्ने निर्वाचनमा कांग्रेसले निर्वाचन पूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न महासमितिले निर्देश गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ ।
निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणका लागि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गरी उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने उनको भनाइ छ ।
सबै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, भ्रातृ संस्थाका अनिवार्य महाधिवेशन, मनोनीत बन्द गरिनुपर्ने, महाधिवेशन सकेको एक महिनाभित्र सबै विभाग र समिति गठन गरिसक्नुपर्ने कुरा उनको प्रस्तावमा उल्लेख छ ।
निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर भ्रष्टाचार र अनियमिततामा जोडिएकाहरूमाथि पार्टीकै अग्रसरतामा छानबिन गर्नुपर्ने उनको भनाइ छ । केन्द्रीय सदस्यले एक महिनाभित्र सम्पत्ति र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने पनि पौडेलको प्रस्तावमा उल्लेख छ ।
देश विकासका लागि विज्ञलाई सम्मिलित गरेर पाँच, दश र पन्ध्र वर्षे भिजन तयार गर्नुपर्ने पनि उनले तर्क छ । मंगलबार केन्द्रीय सदस्य नैनसिंह महरले पनि १२६ पेजको दृष्टिपत्र महासमिति सदस्यलाई हस्तान्तरण गरेका थिए । केन्द्रीय समितिकातर्फबाट महासमिति बैठकमा बुधबार उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक र अर्का विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमाथि आजबाट समूहगत रूपमा हुनेछ।
महासमिति बैठकमा कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते