तीन जनाको हत्याको सूचना काजीले नै दिएका थिए
काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्यामा संलग्न व्यक्तिले नै घटनाबारे सूचना दिएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताए ।
उनले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ र छोरी ८ वर्षकी अनिशा श्रेष्ठ तथा साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्यापछि आफैँले घटनाबारे ईश्वरीका बुबा र अन्य आफन्तलाई जानकारी गराएका हुन् । अनिशा काजीकी छोरी हुन् भने शिवानी ईश्वरीको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ ।
पारिवारिक कहलका कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनापछि उनले फोन गरेर आफन्तहरुलाई जानकारी गराउँदै आफू पनि मर्न जान लागेको बताएका थिए । त्यसको केही समयमा उनी नागार्जुनको जंगलमा मृत फेला परेका थिए ।
घटनाका बेला घरबाहिर भएका काजी एक छोरा भने सकुसल छन् । उनले हत्याको योजना बनाएर कक्षा ८ मा पढ्ने छोरालाई भने पैसा लिन भन्दै घरबाहिर पठाएको खुलेको अनुसन्धान अधिकृतको भनाइ छ । बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् । आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण