शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सितापाइला घटना

तीन जनाको हत्याको सूचना काजीले नै दिएका थिए

बुधबार, ०९ फागुन २०८०, १४ : ५४
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्यामा संलग्न व्यक्तिले नै घटनाबारे सूचना दिएको पाइएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताए । 

उनले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ र छोरी ८ वर्षकी अनिशा श्रेष्ठ तथा साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्यापछि आफैँले घटनाबारे ईश्वरीका बुबा र अन्य आफन्तलाई जानकारी गराएका हुन् । अनिशा काजीकी छोरी हुन् भने  शिवानी ईश्वरीको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । 

पारिवारिक कहलका कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनापछि उनले फोन गरेर आफन्तहरुलाई जानकारी गराउँदै आफू पनि मर्न जान लागेको बताएका थिए । त्यसको केही समयमा उनी नागार्जुनको जंगलमा मृत फेला परेका थिए । 
घटनाका बेला घरबाहिर भएका काजी एक छोरा भने सकुसल छन् । उनले हत्याको योजना बनाएर कक्षा ८ मा पढ्ने छोरालाई भने पैसा लिन भन्दै घरबाहिर पठाएको खुलेको अनुसन्धान अधिकृतको भनाइ छ । बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् । आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न  जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् । 

 जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप