स्थानीयले प्रहरी कन्ट्रोलमा फोन गरेपछि जंगलमा भेटिए सितापाइला घटनाका काजी
काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्यापछि आत्महत्या गरेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि पठाइएको छ ।
नागार्जुन नगरपालिका वडा नम्बर ५ स्थित हरिसिद्धको जंगलमा पुगेर उनले आत्महत्या गरेका हुन् । स्थानीयले काजी झुण्डिएको अवस्थामा देखेपछि प्रहरी कन्ट्रोलमा खबर गरिएसँगै जिल्ला प्रहरी परिसरको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो । स्थनीय सुधा तामाङले घटना देखेपछि बुधबार बिहान ११ बजेर १२ मिनेटमा प्रहरीलाई खबर गरेकी थिइन् ।
सीतापाइलामा रहेका श्रीमतीसहित दुई बालिकाको हत्या पछि उनी आत्महत्या गर्न भनेर हिँडेका थिए । काजीले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरेका हुन् । अनिशा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् ।
ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो । पारिवारिक कलहले यो घटना निम्तिएको आशंका गरिएको छ । यसबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण