नेदरल्याण्डविरुद्धको खेलमा राम्रोसँग खेल्छौँ : कप्तान पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताएका छन् ।
बुधबार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने बताए । उनले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताए । उनले आगामी खेलाका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको बताए ।
उनले भने, ‘मेरो भूमिकाले एकदमै डिस्पोइन्टेड भयो, म जिम्मेवारी लिन्छु । म शून्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो । सोचे जस्तो सुरुवात भयो तर पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ । त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ । त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाइको विकेट गयो । त्यसले गर्दा १७० भित्रै समेटियौँ । ब्याटिङ अर्डरलाई लिएर क्लियारिटी छौँ । हामीले सिच्वेशन हेरिरहेका छौँ । आजको हारले गर्दा सबैजना मोटिभेटेड छन् । अन्तिम गेमलाई लिएर । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ ।’
नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो । नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आइतबार खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण