रकम भुक्तानी नभएको भन्दै दुग्ध किसानले गरे आन्दोलनको घोषणा
काठमाडौँ । दुग्ध उत्पादन किसानले रकम भुक्तानी नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानका समस्याबारे संयुक्त पत्रकार सम्मेलन मार्फत किसानले आन्दोलनको घोषणा गरेका हुन् ।
आगामी आइतबार (फागुन १३ गते) राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गर्ने किसानहरूले जनाएका छन् । फागुन १४ गते (सोमबार) मागहरूका बारेमा संघीय संसद् कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुससहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने किसानहरूले बताए ।
फागुन १७ गते बिहान १० देखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने जनाएका छन् । फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने र माग पुरा नभएसम्म निरन्तर जारी राख्ने उनीहरुले जनाएका छन् ।
दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न, विक्री नभएको दूधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुन बाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुधजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत किसानले १६ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण