नेपालगञ्जबाट दिल्ली र लखनउका लागि बससेवा सुरु
राँझा । नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपाल–भारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाले आजदेखि बस सेवा सञ्चालन गरेको हो ।
आज नेपालगञ्ज बसपार्कमा एक समारोहकाबीच लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाका क्षेत्रीय प्रबन्धक अङ्कुर विकासले बस सेवाको शुभारम्भ गरे । प्रदेशसभा सदस्य खत्रीले नेपाली बस मात्रै दिल्ली र लखनउ सञ्चालन हुँदै आएकामा अव भारतको उत्तर प्रदेश सरकारले समेत नेपालीलाई सेवा सहजताका लागि मैत्री बस सञ्चालन गर्नु खुसीको कुरा भएको बताए ।
उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक विकासले सीमा क्षेत्रमा नेपाली यात्रुले पाउँदै आएको सास्तीलाई मध्यनजर गर्दै नेपालगञ्जबाटै सहज र सुलभ दरमा बस सेवा सञ्चालन गरिएको बताए । भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले भारतीय पक्षले भारतबाट बस सञ्चालन गरेपछि अब नेपाल–भारत मैत्री बस सेवाले सार्थकता पाएको बताए ।
उनले आफुहरुले हाल नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि सुविधा सम्पन्न बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको दाबी गरे । उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोन्डाले नेपालगञ्जबाट हाल लखनउ र दिल्लीका लागि दुईवटा बस सञ्चालन गर्ने सहमति भएको भेरी यातायात प्रालिका प्रबन्धक प्रमोद धितालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण