बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि पत्नीलाई सामूहिक बलात्कार गराउने पुरुष पक्राउ
काठमाडौँ । पति–पत्नीको सम्बन्ध पवित्र मानिन्छ तर यो सम्बन्धलाई नै कलङ्कित तुल्याएको एउटा घटना प्रकाशमा आएको छ । घटना भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लाको हो, जहाँ एक पुरुषले आफ्नै पत्नीको सामूहिक बलात्कार गराएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुरैना जिल्लाको बसैया थानामा यसबारे उजुरी परेको छ । आरोपित पुरुषकै सासुले प्रहरीमा उजुरी दिएकी हुन् । बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएका कारण ज्वाइँले आफ्नी छोरीको सामूहिक बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् । छोरीले यसबारेमा आफूलाई सुनाएपछि घटना प्रकाशमा आएको ती महिलाको भनाइ छ ।
६ फेब्रुअरीका दिन बाइकमा ज्वाइँ–छोरी नै रायपुर गएको र सोही साँझ तोरीबारीमा काम गरिरहेका दुई मजदुरबाट ज्वाइँले आफ्नी छोरीलाई बलात्कार गराएको ती महिलाले आरोपपत्रमा उल्लेख गरेकी छन् ।
बलात्कार गराइसकेपछि पत्नीलाई उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएको तर छोरीले आफूलाई जानकारी गराएपछि प्रहरीसमक्ष उजुरी दिएको ती महिलाको भनाइ छ ।
प्रहरीले सोही उजुरीका आधारमा पीडित महिलाका पति र बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आरोपित पतिले आफ्नो अपराध स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण